यर्मिया 50:2 - पवित्र बाइबल2 “प्रत्येक जाति-जातिलाई यो घोषण गर, झण्डा उठाऊ र सन्देश प्रचार गर। सम्पूर्ण सन्देश सुनाऊ र भन, ‘बाबेलको राज्य कब्जा गरिनेछ। बाल देवता लाजको पात्र हुनेछ। मरोदक देवता भयभीत हुनेछ। बाबेलका मूर्तीहरू लज्जित हुनेछन्। उसका देवताका मूर्तिहरू त्रासित हुनेछन्।’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 “जाति-जातिहरूका बीचमा यो कुराको सूचना दे, र घोषणा गर्। झन्डा खड़ा गरेर घोषणा गर्, केही कुरा नलुका, तर भन्, ‘बेबिलोन लिइनेछ, बेल लाजमा पारिनेछ, मरोदक त्रासले भरिनेछ। त्यसका प्रतिमाहरू लाजमा पारिनेछन्, त्यसका मूर्तिहरू पनि त्रासले भरिनेछन्।’ Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 “जाति जातिलाई यो खबर घोषणा गर! उच्च सोरले यो सुनाऊ! झन्डा ठड्याएर यो खबर घोषणा गर! यो कुरा गुप्त नराख! बेबिलोनको पतन भएको छ! बेल लाजमा पर्यो, मरोदक देवता चुर पारिएको छ! बेबिलोनका मूर्तिहरू लाजमा पारिएका छन्! त्यसका घिनलाग्दा प्रतिमाहरू कच्याक-कुच्युक पारिएका छन्! Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 “राष्ट्रहरू बीचमा सूचना दे, र घोषणा गर्; झण्डा उठाएर यो घोषणा गर्; केही कुरा नलुकाई भनिदे, ‘बेबिलोन कब्जा गरिनेछ; बेल शर्ममा पर्नेछ, मारोदक त्रासले भरिनेछ। त्यसका प्रतिमाहरू लाजमा पारिनेछन्, र त्यसका मूर्तिहरू त्रासले भरिनेछन्।’ Viz kapitola |