यर्मिया 50:17 - पवित्र बाइबल17 “इस्राएल भेंडा़को बथान जस्तो छ, जो देशभरि नै छरिएका थिए। इस्राएल भेंडा़को बथान जस्तो छ जसलाई सिंहले खेद्दै सबै ठाँउमा छरपष्ट पारेकोछ। जसले उसलाई पहिला खानेसिंह अश्शूरको राजा हो। अन्तिम सिंह जसले उसका हड्डीहरू तोड्यो त्यो बाबेलका राजा नबूकदनेस्सर हो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 “इस्राएल त सिंहहरूले खेदेर छरपष्ट भएका भेड़ाको बगालझैँ छ। त्यसलाई पहिले अश्शूरको राजाले निल्यो, र सबैभन्दा पछि बेबिलोनको राजा नबूकदनेसरले त्यसका हड्डीहरू चूरचूर पार्यो।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 परमप्रभु भन्नुहुन्छ, “इस्राएलका मानिसहरू सिंहले खेदेर छरपष्ट परेका भेडाहरूझैँ छन्। पहिले तिनीहरूमाथि अश्शूरका महाराजाले हमला गर्यो। अन्तमा बेबिलोनका राजा नबूकदनेसरले तिनीहरूको हड्डी चपायो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 “इस्राएल सिंहले खेदेर छरपस्ट भएको भेडाको बगालजस्तै छ। तिनीहरूलाई निल्ने पहिलो सिंहचाहिँ अश्शूरको राजा थियो; तिनीहरूको हड्डी चुर-चुर पार्ने अन्तिम सिंहचाहिँ बेबिलोनको राजा नबूकदनेसर थियो।” Viz kapitola |