Online Bible

- Reklamy -




यर्मिया 50:15 - पवित्र बाइबल

15 सिपाहीहरूले बाबेललाई घेरे अनि विजय ध्वनि सुनाऊ। बाबेलले आत्मासमर्पण गरेकोछ। उसका पर्खालहरू र धरहराहरू धराशायी गराइयो। यो परमप्रभुबाट प्रतिशोध हो। ऊमाथि वैरशुद्धि गर। अन्य जातिहरूलाई उसले के गर्यो तिमीहरू उसलाई त्यसै गर।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 त्‍यसका चारैतिर बसेर चर्को सोरले कराओ। त्‍यसले आत्‍मसमर्पण गर्छे, त्‍यसका धरहराहरू ढल्‍छन्, त्‍यसका पर्खालहरू भत्‍काइन्‍छन्‌। त्‍यसमाथि बदला लेओ, किनभने परमप्रभुको बदला यही नै हो। त्‍यसले अरूहरूलाई गरेजस्‍तै त्‍यसलाई पनि त्‍यसै गर।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 सहरका चारैपट्टि लडाइँको सोर उचाल! अब बेबिलोनले हार स्‍वीकार गरेको छ। त्‍यसका पर्खालहरू भत्‍काएर भूइँमा ढालिएका छन्। मैले बेबिलोनका बासिन्‍दाहरूमाथि बदला लिइरहेको छु। तिमीहरूले पनि तिनीहरूमाथि बदला लेओ। तिनीहरूले अरूलाई जे-जसो गरेका थिए, तिनीहरूलाई पनि त्‍यसै गर।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 त्यसको विरुद्धमा चारैतिर युद्धको निम्ति कराओ! त्यसले आत्मसमर्पण गर्नेछे र त्यसका धरहराहरू ढल्नेछन्; त्यसका पर्खालहरू भत्काएर ढालिनेछन्। किनकि योचाहिँ याहवेहको बदला हो। त्यससँग बदला लेओ; त्यसले अरूलाई जस्तो गरेकी छे, त्यससँग पनि त्यस्तै गर।

Viz kapitola kopírovat




यर्मिया 50:15

Následuj nás:

Reklamy


Reklamy