यर्मिया 5:5 - पवित्र बाइबल5 यसकारण म यहूदाका अग्रजहरूकहाँ जानेछु, र तिनीहरूसँग कुरा गर्नेछु, कारण परमप्रभुले देखाउनु भएको बाटो तिनीहरूले चिन्दछन्, अनि आफ्नो परमप्रभुको व्यवस्था बुझ्दछन्।” तर तिनीहरू सबैले परमप्रभुको सेवाबाट अलग रहन एक भएका थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 यसकारण म तिनीहरूका अगुवाहरूकहाँ जानेछु, र तिनीहरूसँग कुरा गर्नेछु। निश्चय नै तिनीहरू परमप्रभुको मार्ग, र आफ्ना परमेश्वरका मार्गहरूलाई जान्दछन्।” तर एक मतका भएर तिनीहरूले जुवा पनि भाँचिदिएका थिए, र बन्धन छिनालिदिएका थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 म अधिकारीहरूकहाँ जानेछु र तिनीहरूसँग कुरा गर्नेछु। निश्चय नै तिनीहरूबाट परमेश्वरले चाहनुभएका कुराहरू तिनीहरूले थाहा पाऊन्।” परमप्रभुले चाहेका सबै कुराहरू बुझ्नेछन्। तर सबैले परमप्रभुको अधिकार शिरोपर गर्न अस्वीकार गरे र उहाँको आज्ञा मान्न इन्कार गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 यसकारण म तिनीहरूका अगुवाहरूकहाँ जानेछु, र तिनीहरूसँग कुरा गर्नेछु; अवश्य नै तिनीहरूले याहवेहका मार्गहरू जान्दछन्, तिनीहरूका परमेश्वरको आज्ञालाई बुझ्दछन्।” तर तिनीहरूले पनि एकसाथ मिलेर आफ्ना जुवाहरू भाँचेका थिए, र बन्धनहरू चुँडाएका थिए। Viz kapitola |