Online Bible

- Reklamy -




यर्मिया 49:23 - पवित्र बाइबल

23 यो सन्देश दमिशक शहरसित सम्बन्धित छ: “हमात र अर्पादका शहरहरू भयभीत छन् किनभने तिनीहरूले कुलक्षिणको खबर सुनेका छन्। तिनीहरू डरले पग्लिए। तिनीहरू शान्त हुन नसक्ने समुद्र झैं कष्टमा छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

23 दमस्‍कसको विषयमा: “हमात र अर्पाद अलमल्‍ल परेका छन्, किनकि तिनीहरूले खराब समाचार सुनेका छन्‌। तिनीहरू डरले चञ्‍चल भएका छन्, र शान्‍त हुन नसक्‍ने समुद्रझैँ तिनीहरूको हृदय घबराएको छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

23 दमस्‍कसबारे परमप्रभुले यो वचन दिनुभयो, “हमात र अर्पाद सहरका मानिसहरू चिन्‍ता र कष्‍टमा छन् किनभने तिनीहरूले नराम्रा खबर सुनेका छन्। समुद्रको बाढझैँ तिनीहरूमाथि फिक्री आइपरेको छ र तिनीहरूले आराम गर्न सक्‍दैनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 दमस्कसको विषयमा: “हमात र अर्पाद हतोत्साहित भएका छन्; किनकि तिनीहरूले खराब समाचार सुनेका छन्। तिनीहरू निराश भएका छन्, अशान्त समुद्रजस्तै विचलित भएका छन्।

Viz kapitola kopírovat




यर्मिया 49:23

Následuj nás:

Reklamy


Reklamy