यर्मिया 49:2 - पवित्र बाइबल2 परमप्रभु भन्नुहुन्छ, “अम्मोनको रब्बाले, युद्धको स्वर सुन्ने समय आउनेछ। रब्बा एउटा नष्ट पहाड हुनेछ। वरिपरिका सबै गाउँहरू जलाइनेछन् र जसले तिनीहरूलाई बलपूर्वक निकालेका थिए तिनीहरूलाई इस्राएलका मानिसहरूले, बाहिर निकाल्नेछन्।” यो सन्देश परमप्रभुबाट थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 दिनहरू आउँदैछन्,” परमप्रभु भन्नुहुन्छ, “जब म अम्मोनीहरूका रब्बाको विरुद्ध युद्धको ध्वनि सुनाउनेछु। त्यो एउटा भग्नावशेषको ढिस्को हुनेछ, र त्यसका छेउछाउका गाउँहरू आगोले भस्म पारिनेछन्। तब आफूलाई खेदेर निकाल्नेहरूलाई इस्राएलले धपाउनेछ,” परमप्रभु भन्नुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 तर त्यो समय आउँदै छ, जब राजधानी रब्बा सहरका बासिन्दाहरूलाई म लडाइँको हो-हल्ला सुन्न लाउनेछु र त्यो ध्वस्त पारिनेछ र त्यसका गाउँ-बस्तीहरू डढेर खरानी हुनेछन्। तब इस्राएलले आफ्नो अधिकारबाट खोसिएको आफ्नो जमिन शत्रुका हातबाट फेरि आफ्ना हातमा लिनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 तर दिनहरू आउँदैछन्,” याहवेह घोषणा गर्नुहुन्छ। “जब म अम्मोनीहरूका रब्बाको विरुद्धमा युद्धको ध्वनि सुनाउनेछु; अनि त्यो एउटा भग्नावशेषको थुप्रो हुनेछ, र त्यसका चारैतिरका गाउँहरूमा आगो लगाइनेछ। तब जसले इस्राएललाई धपाएका थिए, तिनीहरूलाई इस्राएलले धपाउनेछ,” याहवेह भन्नुहुन्छ। Viz kapitola |