Online Bible

- Reklamy -




यर्मिया 49:19 - पवित्र बाइबल

19 “यर्दन नदी नजिक बाक्लो जङ्गलबाट कहिले काहीं निस्कने अनि जहाँ मानिसहरू आफ्नो खेतमा भेंडा़ र गाई वस्तुहरू राख्छन् म त्यहाँ जाने सिंह जस्तै हुँ। म एदोममा जान्छु। म मानिसहरूलाई खेदो ल्याउनेछु। जसलाई म मन पराउँछु उसलाई यहाँ नियुक्त गर्छु। म जस्तो को छ? कसले मलाई चुनौती दिन सक्छ? कुनै गोठाला मेरो अघि उभिनै सक्तैन।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 “यर्दनका झाड़ीहरूबाट धेरै खर्क भएको ठाउँमा सिंह आएझैँ, म एदोमलाई एकै छिनमा त्‍यसको देशबाट खेद्‌नेछु। यसको निम्‍ति मैले नियुक्त गर्ने चुनिएको जनचाहिँ को हो? को मजस्‍तो छ र? मलाई कसले हाँक दिन सक्‍छ र? कुनचाहिँ गोठालो मेरो विरुद्धमा खड़ा हुन सक्‍छ?”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 एउटा सिंह यर्दनको किनारै-किनार भएको बाक्‍लो जङ्गलबाट हरियो खर्कमा निस्‍की आएझैँ म आएर एदोमीहरूलाई एक्‍कासि तिनीहरूका देशबाट भाग्‍न लाउनेछु। त्‍यसपछि मैले चुनेको अगुवाले त्‍यस जातिमाथि राज्‍य गर्नेछ। मजस्‍तो को छ? कसले मलाई चुनौती दिन सक्‍छ? कुन राजाले मेरो विरोध गर्न सक्‍छ?

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 “हेर, यर्दन नदीका झाडीहरूबाट हरियो खर्कबाट निस्केर आइरहेको सिंहझैँ, म निस्कनेछु; र म एदोमलाई झट्टै त्यसकै देशबाट खेद्नेछु। यस देशको निम्ति जसलाई चुन्छु, उसैलाई नियुक्त गर्नेछु। मजस्तो को छ र? मलाई कसले चुनौती दिन सक्छ? अनि कुनचाहिँ गोठालो मेरो विरुद्धमा खडा हुन सक्छ?”

Viz kapitola kopírovat




यर्मिया 49:19

Následuj nás:

Reklamy


Reklamy