यर्मिया 49:13 - पवित्र बाइबल13 परमप्रभु भन्नुहुन्छ, “म आफैं यो प्रतिज्ञा गर्छु कि बोज्रा ध्वंस हुनेछ अनि एक खिसीको पात्र हुनेछ। यो बेकामे र अभिशाप हुनेछ। ब्रोजा वरिपरिका जम्मै शहरहरू सदा-सर्वदाको निम्ति नष्ट हुनेछन्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 म आफ्नै नाउँमा शपथ खान्छु, कि बोज्रा भग्नावशेष हुनेछ, र त्यो त्रास, निन्दा र सरापको पात्र बन्नेछ। त्यसका सबै नगरहरू सधैँको निम्ति भग्नावशेष हुनेछन्,” परमप्रभु भन्नुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 म आफैंले यो शपथ खाएको छु कि बोज्रा सहर एउटा डरलाग्दो दृश्य र मरुभूमि बन्नेछ। मानिसहरूले त्यसको ठट्टा गर्नेछन् र त्यसको नाम सरापको रूपमा प्रयोग गर्नेछन्। छेउ-छेउका गाउँबस्तीहरू सधैँको लागि ध्वस्त हुनेछन्। म परमप्रभु बोलेको छु।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 म आफ्नै नाममा शपथ खान्छु,” याहवेह घोषणा गर्नुहुन्छ, “बोज्रा ध्वस्त हुनेछ; त्यो त्रास, निन्दा र सरापको पात्र हुनेछ; अनि त्यसका सबै सहरहरू सदाका निम्ति ध्वस्त हुनेछन्।” Viz kapitola |