यर्मिया 45:5 - पवित्र बाइबल5 परमप्रभुले भन्नुभयो, ‘बारूक तिमीले आफ्नै लागि ठूलो कुरा खोजिरहेका छौ। तर ती चीजहरू नखोज किनभने म सम्पूर्ण मानिसहरूमाथि भयानक कष्ट ल्याउनेछु।’ परमप्रभुले यी कुराहरू भन्नुभयो। ‘तिमी धेरै ठाउँमा जानु पर्नेछ। तर तिमी जहाँ जान्छौ म तिमीलाई बाँच्ने मौका दिन्छु।’” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 के तँचाहिँ आफ्नै निम्ति ठूला कुराहरू खोज्छस्? ती नखोज्। किनकि म सबै मानिसहरूमाथि सर्वनाश ल्याउनेछु, परमप्रभु भन्नुहुन्छ, तर तँ जहाँ जान्छस् ती सबै ठाउँमा तेरो ज्यानसमेत म तँलाई उम्कन दिनेछु’।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 के तँचाहिँ आफ्नो निम्ति केही विशेष कुरो खोज्दै छस्? त्यसो नगर। म सारा मानवजातिमाथि विनाश ल्याउँदै छु तर तैँले ‘चाहिँ जहाँ गए पनि आफ्नो ज्यान जोगाइराख्नेछस्। म परमप्रभु बोलेको छु।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 त्यसो भए के तैँलेचाहिँ आफ्नो निम्ति महान् कुराहरू खोज्दैछस्? ती कुराहरू नखोज्। याहवेह घोषणा गर्नुहुन्छ; किनकि म सबै मानिसहरूमाथि विपत्ति ल्याउनेछु, तर तँ जहाँ गए तापनि म तँलाई लुटको मालसरह जीवितै उम्कन दिनेछु।’ ” Viz kapitola |