यर्मिया 44:26 - पवित्र बाइबल26 तर, परमप्रभुको सन्देश सुन, मिश्रमा बसिरहेका यहूदाका मानिसहरू म परमप्रभु भन्छु कि: ‘म आफ्नो महान नाउँमा प्रतिज्ञा गर्छु कि आजदेखि उता मिश्रमा बस्ने यहूदाका मानिसहरू कसैले पनि निश्चित रूपमा “परमप्रभु हुनुहुन्छ।” भनी मेरो नाउँ लिने छैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण26 तर मिश्रदेशमा बस्ने हे सबै यहूदी हो, परमप्रभुको वचन सुन। परमप्रभु भन्नुहुन्छ: ‘मेरो महान् नाउँमा म शपथ खाँदैछु, कि यहूदाबाट आएका सारा मिश्रदेशभरि नै भएका कुनै यहूदीले पनि “जीवित परमप्रभुको नाउँमा” भन्दै कहिल्यै मेरो नाउँमा शपथ खाने वा पुकारा गर्नेछैन’। Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 तर मिश्रदेशमा बस्ने हे सबै यहूदी हो, परमप्रभुको वचन सुन। परमप्रभु भन्नुहुन्छ: मेरो महान् नाउँमा म शपथ खाँदै छु कि यहूदाबाट आएका सारा मिश्रदेशभरि नै भएका कुनै यहूदीले पनि ‘जीवित सार्वभौम परमप्रभु परमेश्वरलाई साक्षी राखी’ भनी शपथ खाँदै कहिल्यै मेरो नाउँमा पुकार गर्नेछैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण26 तर इजिप्टमा बस्ने हे सबै यहूदीहरू हो, तिमीहरूले याहवेहको वचन सुन: ‘म मेरो महान् नामको शपथ खान्छु,’ याहवेह भन्नुहुन्छ, ‘इजिप्टको कुनै पनि ठाउँमा बस्ने यहूदाबाटका मानिसहरू कसैलाई पनि मेरो नाममा, “जीवित प्रभु याहवेहको नाममा शपथ खान्छु” भनेर कहिल्यै पुकार्न दिनेछैन, अथवा शपथ खान दिनेछैन।’ Viz kapitola |