Online Bible

- Reklamy -




यर्मिया 43:10 - पवित्र बाइबल

10 तब ती मानिसहरूलाई यसो भन कि ‘सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वरले भन्नुहुन्छ म बाबेलका राजा नबूकदनेस्सरलाई जो मेरो दास हो यहाँ बोलाउनेछु। अनि उसको सिंहासन यहाँ मैले ढुङ्गा लुकाएको ठाउँमा खडा गराउँछु नबूकदनेस्सरले आफ्नो राज-छत्र ती ढुङ्गाहरू माथि फैलाउनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 अनि तिनीहरूलाई भन्, ‘सर्वशक्तिमान्‌ परमप्रभु, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: म आफ्‍नो दास बेबिलोनको राजा नबूकदनेसरलाई बोलाउनेछु, र मैले लुकाइराखेका यी ढुङ्गाहरूमाथि त्‍यसको सिंहासन म बसाल्‍नेछु। त्‍यसले तीमाथि आफ्‍नो राजपत्र फैलाउनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 त्‍यसपछि तिनीहरूलाई भन् कि म सर्वशक्तिमान् परमप्रभु इस्राएलीका परमेश्‍वर मेरो सेवक बेबिलोनको राजा नबूकदनेसरलाई यस ठाउँमा ल्‍याउनेछु र उसले यी तैँले गाडेका ढुङ्गाहरूमाथि आफ्‍नो सिंहासन बसाल्‍नेछ र राजपत्र फैलाउनेछु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 त्यसपछि तिनीहरूलाई यसो भन्‍नू, ‘सेनाहरूका याहवेह, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: हेर, म मेरो सेवक बेबिलोनको राजा नबूकदनेसरलाई ल्याउनेछु र यस ठाउँमा पठाउनेछु; अनि म त्यसको सिंहासन मैले गाडेका यी ढुङ्गाहरूमाथि खडा गर्नेछु। त्यसले आफ्नो राजकीय मण्डप यसमाथि फैलाउनेछ।

Viz kapitola kopírovat




यर्मिया 43:10

Následuj nás:

Reklamy


Reklamy