यर्मिया 42:18 - पवित्र बाइबल18 “सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर भन्नुहुन्छ ‘यरूशलेम बासिन्दाहरूमाथि मैले मेरो क्रोध देखाएँ। त्यसरी नै जो मिश्र जाँदैछन् तिनीहरूमाथि क्रोध बर्षाउनेछु। तिमीहरू श्राप, अपराध र निन्दाको पात्र बनिनेछौ अनि तिनीहरूले यहूदा फेरि कहिल्यै देख्ने छैनौ।’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 सर्वशक्तिमान् परमप्रभु, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: ‘जसरी मेरो रीस र क्रोध यरूशलेमका मानिसहरूमाथि खनिएका थिए, त्यसरी नै तिमीहरू मिश्रदेशमा गयौ भने मेरो क्रोध तिमीहरूमाथि पनि खनिनेछ। तिमीहरू सराप र त्रास, अपराध र निन्दाका पात्र बनिनेछौ। तिमीहरूले यो ठाउँ फेरि कहिल्यै देख्न पाउनेछैनौ’। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 “परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ, ‘जसरी मेरो रिस र प्रचण्ड क्रोध यरूशलेमका मानिसहरूमाथि खनिएको थियो, त्यसरी नै तिमीहरू मिश्रदेशमा गई बस्यौ भने मेरो प्रचण्ड क्रोध तिमीहरूमाथि खनिनेछ। तिमीहरूको दशा हेर्दा डरलाग्दो हुनेछ, मानिसहरूले तिमीहरूलाई गिल्ला र घृणा गर्नेछन् र सराप दिंदा तिमीहरूको नाम लिएर सराप दिनेछन्। यो देश तिमीहरूले फेरि देख्नेछैनौ’।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 सेनाहरूका याहवेह, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: ‘जसरी मेरो रिस र क्रोध यरूशलेममा बस्नेहरूमाथि खन्याइएको छ, त्यसरी नै तिमीहरू इजिप्टमा जाँदा मेरो क्रोध तिमीहरूमाथि खनिनेछ। तिमीहरू श्राप र त्रास, दोष र निन्दाका पात्रहरू बन्नेछौ। तिमीहरूले यो ठाउँ फेरि कहिल्यै पनि देख्नेछैनौ।’ Viz kapitola |