यर्मिया 42:16 - पवित्र बाइबल16 तिमीहरू तरवारसित डराउँछौ, तर तिमीहरूलाई त्यहाँ तरवारले परास्त गर्ने नै छ। तिमीहरू भोकको चिन्ता गर्छौ तर, यसले तिमीहरूलाई मिश्रमा पनि पछ्याउनेछ अनि तिमीहरू त्यहाँ मर्नेछौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 जुन तरवारदेखि तिमीहरू डराउँदछौ, त्यसले नै तिमीहरूलाई मिश्रदेशमा खेदेर भेट्टाउनेछ, र जुन अनिकालदेखि तिमीहरू डराउँदछौ, त्यो मिश्रदेशमा तिमीहरूका पछिपछि आउनेछ, र तिमीहरू त्यहीँ नै मर्नेछौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 तिमीहरूले डर मानेका लडाइँले तिमीहरूलाई भेट्टाउनेछ र तिमीहरूले डर मानेका अनिकालले पछ्याउनेछ र तिमीहरू मिश्रमा मर्नेछौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 तब तिमीहरू डराएका ती तरवारले तिमीहरूलाई त्यस देशमा खेदेर भेट्टाउनेछ; अनि तिमीहरू डराएको अनिकालले तिमीहरूलाई इजिप्टसम्म पछ्याउनेछ, तब तिमीहरू त्यहीँ नै मर्नेछौ। Viz kapitola |