Online Bible

- Reklamy -




यर्मिया 4:31 - पवित्र बाइबल

31 एउटी स्त्रीलाई प्रसुती पीडाको समयको जस्तै आवाज मैले सुनेको छु। पहिलो पल्ट प्रसुती पीडामा परेकी स्त्रीको आवाज झैं थियो। त्यो सियोनकी छोरीले हावाको लागि कष्ट श्वास फेर्दै र मद्दतको लागि हात फैलाउँदै गरेको आवाज थियो। “हाय! म बेहोश हुन लागेकि छु, अनि हत्याराहरू मेरा वरिपरि छन्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

31 प्रसववेदनामा परेकी स्‍त्रीको सोरजस्‍तो एउटा आवाज म सुन्‍छु, पहिलो बालक जन्‍माउने स्‍त्रीको आवाजझैँ— हात फैलाएर सासको निम्‍ति छटपटाउँदै सियोनकी छोरी यसो भनिरहेकी म सुन्‍दछु, “हाय, म मूर्च्‍छा खाइरहेकी छु! हत्‍याराहरूलाई मेरो ज्‍यान दिइएको छ!”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

31 व्‍यथा लागेकी सुत्‍केरीजस्‍तो चित्कार पहिलो बच्‍चा जन्‍माउने स्‍त्रीको जस्‍तो वेदनाको स्‍वर म सुन्‍दछु। स्‍वाँ-स्‍वाँ गर्दै आफ्‍ना हात फैलाएर यरूशलेमले यसो भनिरहेको म सुन्‍दछु, हाय, म नाश भएकी छु! तिनीहरू मलाई मार्न आइरहेछन्!”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

31 म प्रसुती वेदनामा परेकी स्त्रीको रोदनजस्तै सुन्छु; पहिलो प्रसुती-वेदनाले छटपटाएको सुस्केरा, सास लिन गाह्रो परेकी सियोनकी छोरीको चीत्कार, आफ्नो हात पसारेर यसो भन्दै गरेकी, “हाय, म बेहोश हुँदैछु; मेरो जीवन हत्याराहरूको हातमा सुम्पिएको छ।”

Viz kapitola kopírovat




यर्मिया 4:31

Následuj nás:

Reklamy


Reklamy