यर्मिया 38:19 - पवित्र बाइबल19 तर राजा सिदकियाहले यर्मियालाई भने, “तर म यहूदाका मानिसहरूसँग डराउँछु जसले अघिबाटै बाबेलका सेनाको पक्ष लिइसकेकाछन्। म डराउँछु कारण तिनीहरूले मलाई यहूदाका मानिसहरूलाई सुम्पनेछन् अनि तिनीहरूलाई मसित अति निम्न प्रकारले व्यवहार गर्ने अनुमति दिन्छन्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 तब सिदकियाह राजाले यर्मियालाई भने, “बेबिलोनीहरूकहाँ भागेर गएका यहूदीहरूसित मलाई डर लाग्दैछ। किनकि बेबिलोनीहरूले मलाई तिनीहरूका हातमा सुम्पिदिए भनेता तिनीहरूले मसँग दुर्व्यवहार गर्नेछन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 तर राजाले जवाफ दिए, “हामीलाई त्यागेर बेबिलोनीहरूतर्फ लाग्ने हाम्रा देशका मानिसहरूसित मलाई डर लाग्छ। बेबिलोनीहरूले मलाई तिनीहरूका हातमा सुम्पिदेलान् र तिनीहरूले मलाई सताउलान्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 राजा सिदकियाहले यर्मियालाई भने, “बेबिलोनीहरूकहाँ शरण लिन गएका यहूदीहरूसँग मलाई डर लागिरहेको छ; किनकि बेबिलोनीहरूले मलाई तिनीहरूका हातमा सुम्पिदेलान्, र तिनीहरूले मसँग दुर्व्यवहार गर्लान्।” Viz kapitola |