Online Bible

- Reklamy -




यर्मिया 38:16 - पवित्र बाइबल

16 तर राजा सिदकियाहले गुप्त रूपमा यर्मियासित कसम खाए र भने, “म परमप्रभु जसले हामीलाई सृष्टि गर्नु भयो अनि हामीलाई जीवन दिनुभयो, जस्तो जीवित हुनुहुन्छ त्यस्तै कसम खान्छु, म तिमीलाई न त मार्नेछु न तिमीलाई ज-जसले मार्न खोजिरहेका छन् तिनीहरूलाई नै सुम्पिन्छु।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 तर सिदकियाह राजाले गुप्‍तमा यर्मियासित यसो भनेर शपथ खाए, “जीवित परमप्रभु, जसले हामीलाई सास दिनुभयो, उहाँकै नाउँमा शपथ खाएर भन्‍दैछु, म तिमीलाई मार्नेछैनँ, न त तिम्रो ज्‍यान लिन खोज्‍ने मानिसहरूका हातमा तिमीलाई सुम्‍पनेछु।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 सिदकियाह राजाले गुप्‍तमा यर्मियासित यसो भनेर शपथ खाए, “जीवित परमप्रभु, जसले हामीलाई जीवन दिनुभयो, उहाँलाई साक्षी राखी म वचन दिंदछु, म तिमीलाई मार्नेछैनँ न त तिम्रो ज्‍यान लिन खोज्‍ने मानिसहरूका हातमा तिमीलाई सुम्‍पनेछु।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 तर राजा सिदकियाहले यर्मियासँग गुप्‍तमा यो शपथ खाए: “हामीलाई सास दिनुहुने जीवित याहवेहको नाममा शपथ खाएर भन्छु, म तिमीलाई मार्नेछैनँ, न त तिमीलाई मार्न चाहनेहरूका हातमा नै तिमीलाई सुम्पिदिनेछु।”

Viz kapitola kopírovat




यर्मिया 38:16

Následuj nás:

Reklamy


Reklamy