यर्मिया 37:13 - पवित्र बाइबल13 तर जब तिनी यरूशलेमको बिन्यामीन प्रवेशद्वारमा पुगे प्रहरीहरूका अध्यक्षले तिनलाई पक्रे। त्यो अध्यक्षको नाउँ यिरियाह हो। यिरियाह शेलेम्याहका छोरा थियो। शेलेम्याह हनन्याहको छोरो थियो। अध्यक्ष यिरियाहले यर्मियालाई पक्रे अनि भने, “यर्मिया! तिमी हामीलाई छोडेर कल्दीहरूको पक्षमा गइरहेका छौ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 तर जब तिनी बेन्यामीनको ढोकामा आइपुगे तब हनन्याहका नाति, शेलेम्याहका छोरा गारदका कप्तान यिरियाहले यर्मियालाई पक्रेर यसो भने, “तिमी भागेर बेबिलोनीहरूकहाँ जाँदैछौ!” Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 तर बेन्यामीन मूल-ढोकामा पुग्दा त्यहाँ तैनाथ गरिएका सिपाहीका दलका मुखियाले मलाई रोकेर भने, “तिमी भागेर बेबिलोनीहरूतर्फ जाँदै छौ।” ती मुखियाको नाम यिरियाह थियो र उनी हनन्याहका नाति र शेलेम्याहका छोरा थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 तर जब तिनी बेन्यामीन मूलढोकामा पुगे, तब अङ्गरक्षकका सेनापति जसको नाम यिरियाह थियो, जो हनन्याहका नाति शेलेम्याहका छोरा थिए; उनले यर्मियालाई पक्रेर भने, “तिमी भागेर बेबिलोनीहरूकहाँ जाँदैछौ!” Viz kapitola |