यर्मिया 34:22 - पवित्र बाइबल22 तर म आदेश दिनेछु अनि बाबेलका सेनाहरू फर्की आउनेछन्।’ यो परमप्रभुको सन्देश हो: ‘ती सेनाहरूले यरूशलेम विरूद्ध युद्ध गर्नेछ। बाबेलका सेनाहरूले यो शहर कब्जा गर्नेछन् र यसलाई जलाई खरानी बनाउनेछन्। म यहूदाका शहर ध्वंस पार्नेछु र यसलाई कोही नबस्ने निर्जन मरुभूमिमा परिणत गरिदिनेछु।’” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 परमप्रभु भन्नुहुन्छ, म हुकुम दिनेछु, र उनीहरूलाई यस सहरमा फर्काएर ल्याउनेछु। उनीहरूले यस सहरको विरुद्धमा लड़ाइँ गरेर त्यसलाई लिइहाल्नेछन्, र त्यसलाई जलाइदिनेछन्। अनि म यहूदाका नगरहरूलाई बासिन्दा नै नभएको उजाड़-स्थान बनाइदिनेछु, ताकि त्यहाँ कोही बस्न नपाओस्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 म आज्ञा गर्नेछु र तिनीहरू यस सहरमा फर्किआउनेछन्। तिनीहरूले यस सहरमाथि हमला गर्नेछन्, यसलाई कब्जा गर्नेछन् र डढेलो लाइदिनेछन्। म यहूदाका सहरहरूलाई मरुभूमिझैँ निर्जन पार्नेछु। म परमप्रभु बोलेको छु।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 याहवेह घोषणा गर्नुहुन्छ, म बेबिलोनी सेनाहरूलाई आदेश दिनेछु; अनि म तिनीहरूलाई यस सहरमा फर्काएर ल्याउनेछु। तिनीहरूले यस सहरको विरुद्धमा लडाइँ गर्नेछन्। यस सहरलाई कब्जा गर्नेछन् र आगो लगाएर भस्म पार्नेछन्। यसरी म यहूदाका सहरहरूलाई उजाड पारिदिनेछु, ताकि त्यहाँ कोही पनि बसोबास गर्न नपाओस्।” Viz kapitola |