यर्मिया 33:13 - पवित्र बाइबल13 पहाडी देशमा, पश्चिमी बेंसीमा, नेगेबमा, बिन्यामीनको शहरहरूमा, अनि यरूशलेम र यहूदाको वरिपरि सबै शहरहरूमा भेंडा़का बथानहरू हुनेछन् अनि भेंडा़ गोठालाहरू र भेंडा़हरू गन्ती गर्नेछन्,” परमप्रभु भन्नुहुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 पहाड़ी देशका नगरहरूमा, तराईका नगरहरूमा, नेगेवका नगरहरूमा, बेन्यामीनका इलाकामा, यरूशलेमका छेउछाउका गाउँहरूमा र यहूदाका नगरहरूमा बगालहरू एकै जनाको हातले गनी-गनीकन चराइनेछन्,’ परमप्रभु भन्नुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 पहाडी देशका सहरहरू, पहाडका फेदीका जग्गा, यहूदाको दक्षिणी भाग, बेन्यामीनको इलाका, यरूशलेम चारैपट्टिका गाउँ र बस्तीहरू र यहूदाका सहरहरूमा गोठालाहरूले आ-आफ्नो भेडा-बाख्राहरूको गन्ती लिनेछन्। म परमप्रभु बोलेको छु।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 यहूदाको सहरहरूमा, यरूशलेमका चारैपट्टिका गाउँहरूमा, बेन्यामीनका इलाकामा, पश्चिमी पहाडका तराई, बेँसी र दक्षिणका पहाडी इलाकाका सहरहरूमा गोठालाहरूले फेरि भेडाबाख्राहरूका बगालहरू गन्नेछन्, याहवेह यसो भन्नुहुन्छ। Viz kapitola |