यर्मिया 32:8 - पवित्र बाइबल8 “तब परमप्रभुले भन्नु भए अनुसार नै घटना हुन गयो। मेरो काकाको छोरो हनमेल मकहाँ प्रहरीको चोकमा आयो। हनमेलले मलाई भन्यो, ‘यर्मिया, बिन्यामीन क्षेत्रभित्र अनातोत शहरको छेउमा भएको मेरो जमीन किन्नुहोस्। त्यो जमीन तपाईंकै लागि किन्नुहोस् यो किन्ने यसलाई विमुक्त पार्ने अधिकार तपाईंको हो। यो तपाईंकै लागि किन्नु होस्।’” यसर्थ मैले जाने कि यो सन्देश परमप्रभुबाट थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 “तब परमप्रभुले भन्नुभएअनुसार मेरा काकाको छोरो हनमेल गारदको चोकमा मकहाँ आएर मलाई भन्यो, ‘बेन्यामीनका इलाकाको अनातोतमा भएको मेरो खेत किन्नुहोस्। त्यसलाई छुटाउने र त्यसको अधिकार लिने हक तपाईंकै छ। यसकारण त्यो तपाईंले आफ्नै निम्ति किन्नुहोस्।’ “यो परमप्रभुको वचन रहेछ भनी मैले जानें। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 तब ठीक परमप्रभुले भन्नुभएझैँ हनमेल राजमहलमा भएको पहरेदारको चोकमा आए र मलाई त्यो खेत किन्ने बिन्ती गरे। यसरी साँच्चै परमप्रभु मसित बोल्नुभएको रहेछ भनी मैले थाहा पाएँ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 “तब याहवेहले भन्नुभएझैँ मेरो भाइ हनमेल पहरेदारको चोकमा मकहाँ आएर मलाई भन्यो, ‘बेन्यामीनको प्रान्तको अनातोतमा भएको मेरो जमिन किन्नुहोस्। किनकि यस जमिनलाई मूल्य चुकाएर छुटाउने र अधिकार गर्ने हक तपाईंकै छ। यसकारण जमिनलाई तपाईंले नै किन्नुहोस्।’ “यो याहवेहको वचन हो भनी म जान्दछु; Viz kapitola |