यर्मिया 32:29 - पवित्र बाइबल29 बाबेल सेनाले यरूशलेम शहरमाथि आक्रमण गरिरहेकाछन् तिनीहरू भित्र पस्नेछन् र आगो लाउनेछन्। तिनीहरूले जलाएर नै यो शहर भत्काउनेछन्। शहरमा यस्ता मानिसहरू छन् जो झूटा देवता बाललाई छानामाथि बाल्छन् अनि अर्घ बलिहरू अर्पण गर्छन् अनि मलाई रीस उठाउँछन्। बाबेल सेनाले यी घरहरू जलाएर खरानी पार्नेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण29 यस सहरलाई आक्रमण गर्ने बेबिलोनीहरू आएर यसलाई आगो लगाइदिनेछन्, र ती घरहरूलाई पनि जलाइदिनेछन्, जहाँ-जहाँ मानिसहरूले मलाई क्रोधित तुल्याउनलाई बाल देवताको लागि कौसी-कौसीमा धूप बाले, र अरू देवताहरूलाई अर्घ-बलि चढ़ाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल29 र आगो लाइदिनेछन्। मानिसहरूले आफ्ना घरका कौसीमा बाल देवतालाई धूप बालेर अनि अन्य देउताहरूलाई मद्यबलि चढाएर मलाई रिस उठाएका थिए। यसकारण ती घरहरूसमेत यो सहरलाई बेबिलोनका सेनाहरूले आगोले डढाएर भस्म पार्नेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण29 यस सहरलाई आक्रमण गरिरहेका बेबिलोनीहरू सहरभित्र आउनेछन्, र यस सहरलाई आगो लगाइदिनेछन्। बाल देवताका छानाहरूमा धूप बालेर अरू देवताहरूलाई अर्घबलि चढाएर मलाई रिस उठाउने मानिसहरू बसेका घरहरूको साथमा यस सहरलाई पनि जलाइदिनेछन्। Viz kapitola |