Online Bible

- Reklamy -




यर्मिया 32:23 - पवित्र बाइबल

23 इस्राएलका मानिसहरू यस देशमा आए अनि त्यसलाई बनाए। तर तिनीहरूले तपाईंको आज्ञा पालन गरेनन् अथवा तिनीहरूले तपाईंको शिक्षा अनुशरण गरेनन् अथवा तपाईंको आज्ञा पालन तिनीहरूले गरेनन्। यसकारण तपाईंले इस्राएलका मानिसहरूमाथि यी सारा सङ्कटहरू ल्याउनु भयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

23 तिनीहरू पसेर यो देश अधिकार गरे। तर तिनीहरूले तपाईंको आज्ञापालन गरेनन्, तपाईंको व्‍यवस्‍थाअनुसार तिनीहरू चलेनन्‌। तिनीहरूलाई गर्न भनी तपाईंले आज्ञा दिनुभएको कुरा तिनीहरूले पालन गरेनन्‌। यसैले तपाईंले यी सबै सर्वनाश तिनीहरूमाथि ल्‍याउनुभयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

23 तर जब यस देशमा आएर तिनीहरूले यसलाई आफ्‍नो अधीन गरे, तब तिनीहरूले तपाईंका आज्ञा मानेनन् अथवा तपाईंको शिक्षाअनुसार आफ्‍नो जीवन बिताएनन्। तपाईंले आज्ञा गर्नुभएको एउटै कुरो पनि तिनीहरूले गरेनन्। यसैले यी सबै विनाश तपाईंले तिनीहरूमाथि ल्‍याउनुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 इस्राएलीहरू देशभित्र आए, र देशलाई अधिकार गरे; तर तिनीहरूले तपाईं र तपाईंका आज्ञाहरू पालन गरेनन्। तपाईंले तिनीहरूलाई पालन गर्नू भनेर दिनुभएको आज्ञा तिनीहरूले पालन गरेनन्। यसैकारण तपाईंले तिनीहरूमाथि यी सबै विपत्तिहरू ल्याउनुभयो।

Viz kapitola kopírovat




यर्मिया 32:23

Následuj nás:

Reklamy


Reklamy