यर्मिया 31:23 - पवित्र बाइबल23 सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वरले भन्नुहुन्छ “म ती मानिसहरूलाई फर्काई ल्याउनेछु, जसलाई कैदी बनाएर टाढा लगिएका थिए। त्यस बेला, यहूदाको देशमा भएका मानिसहरू अनि यसका शहरहरूले पुन: एकपल्ट यी शब्दहरू प्रयोग गर्नेछन्। ‘हे धार्मिकताको वासस्थान, हे पवित्र पर्वत, परमेश्वरको आशिष तिमीहरूमा रहोस्।’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 सर्वशक्तिमान् परमप्रभु, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: “जब म तिनीहरूलाई कैदबाट फर्काएर ल्याउनेछु, तब मानिसहरूले यहूदाको देश र त्यसका नगरहरूमा यी वचन फेरि प्रयोग गर्नेछन्, ‘हे धर्मी वासस्थान, हे पवित्र पर्वत, तँलाई परमप्रभुले आशिष् देऊन्’। Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 इस्राएलका परमेश्वर सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ, “जब म मेरा मानिसहरूलाई आफ्नो देशमा फर्काएर ल्याउनेछु, तिनीहरूले फेरि एक पल्ट यहूदा देश र त्यसका सहरहरूमा यसो भन्नेछन्, ‘परमप्रभुले आफू बास गर्ने यरूशलेमको पवित्र डाँडालाई आशीर्वाद देऊन्।’ Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 इस्राएलका परमेश्वर, सेनाहरूका याहवेह यसो भन्नुहुन्छ: “जब म तिनीहरूलाई कैदबाट फर्काएर ल्याउनेछु, तब यहूदाको देश र त्यसका सहरहरूमा भएका मानिसहरूले फेरि यी वचनहरू भन्नेछन्: ‘हे समृद्ध यरूशलेम, हे पवित्र पर्वत, याहवेहले तँलाई आशिष् देऊन्।’ Viz kapitola |