यर्मिया 31:20 - पवित्र बाइबल20 परमप्रभु भन्नुहुन्छ, “तिमीहरू जान्दछौ कि एप्रैम मेरो प्यारो छोरो हो, म त्यो बालकलाई विशेष प्रेम गर्छु, हो, मैले प्राय एप्रैमलाई निन्दा गरें, तर म अझ उसैको बारेमा सोच्दछु, म उसलाई साँच्चै माया गर्छु। अनि म साँच्चि नै उसलाई सान्त्वना दिन चाहनन्छु।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 के एफ्राइम मेरो प्यारो छोरो होइन र, जसमाथि म खुशी हुन्छु? त्यसको विरुद्धमा मैले जति नै बोले तापनि मलाई त्यसैको याद अझैँ आउँछ। यसकारण मेरो हृदय त्यसको लागि लालसा गर्दछ। त्यसप्रति मेरो साह्रै माया छ,” परमप्रभु भन्नुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 “हे एफ्राइम, तँ मेरो सबैभन्दा प्यारो छोरो होस्, मैले सबैभन्दा धेरै प्रेम गरेको छोरो। जब-जब म तेरो नाम लिंदछु, म प्रेमसहित तँलाई सम्झन्छु। मेरो हृदय तेरो निम्ति तड्पन्छ, म तँलाई दया गर्नेछु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 याहवेह घोषणा गर्नुहुन्छ, के एफ्राइम मैले मन पराएको बालक, मेरो प्यारो छोरा होइन र? मैले त्यसको विरुद्धमा बोले तापनि म अझै पनि त्यसको याद गर्छु। यसकारण मेरो हृदय त्यसको निम्ति तड्पिन्छ; म त्यसलाई निश्चय नै दया देखाउनेछु। Viz kapitola |