यर्मिया 30:14 - पवित्र बाइबल14 तिमीहरूका प्रेमीहरूले तिमीहरूलाई भूलेका छन्, अनि अहिले तिमीहरूको चिन्ता गर्दैनन्। म तिमीहरूलाई शत्रु सरह घात पुर्याउनेछु। तिमीहरूका धेरै दुष्टकर्महरू र अनगन्ती पापहरूको कारणले म तिमीहरूलाई कडा दण्ड दिनेछु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 तेरा सबै सहयोगीहरूले तँलाई बिर्सिसके। तिनीहरू तेरो केही वास्ता गर्दैनन्। तेरो ठूलो अपराध र तेरा धेरै पापहरूले गर्दा शत्रुले झैँ मैले तँलाई हिर्काएँ, र निष्ठुरले झैँ तँलाई दण्ड दिएँ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 तिमीहरूका सबै प्रियहरूले तिमीहरूलाई बिर्सिसके, तिनीहरूले तिमीहरूको केही वास्ता गर्दैनन्। मैले तिमीहरूलाई शत्रुहरूलाई झैँ चोट दिएँ। तिमीहरूमाथि कठोर दण्ड परेको छ किनभने तिमीहरूका पापहरू धेरै छन् र तिमीहरूको दुष्टता अति ठूलो छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 तेरा सबै मित्रहरूले तँलाई बिर्सेका छन्; तिनीहरूले तेरो कुनै वास्ता गर्दैनन्। मैले तँलाई शत्रुले झैँ प्रहार गरेको छु; अनि निष्ठुरीले झैँ तँलाई दण्ड दिएको छु; किनकि तेरो अपराध अति ठूलो र तेरा पापहरू अति धेरै छन्। Viz kapitola |