यर्मिया 3:14 - पवित्र बाइबल14 “हे विश्वासहीन सन्तान हो, मकहाँ फर्की आऊ।” यो सन्देश परमप्रभुबाट आएको हो। “म तिमीहरूका मालिक हुँ। हरेक शहरबाट तिमीहरू मध्ये एकजना र हरेक परिवारबाट दुइजना छान्नेछु अनि तिनीहरूलाई म सियोनमा लैजानेछु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 “फर्क, अविश्वासी प्रजा हो,” परमप्रभु भन्नुहुन्छ, “किनभने म तेरो पति हुँ। म सहरबाट एक जनालाई र वंशबाट दुई जनालाई छान्नेछु र तिमीहरूलाई सियोनमा ल्याउनेछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 “हे अविश्वासी मानिसहरू हो, मतिर फर्क, म तिमीहरूको स्वामी हुँ। म तिमीहरूलाई हरेक सहरबाट एक जना र हरेक गोत्रबाट दुई जना गरी लिएर सियोन डाँडामा फर्काई ल्याउनेछु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 याहवेह घोषणा गर्नुहुन्छ, “हे अविश्वासी मानिसहरू हो, फर्क! किनकि म तिमीहरूको पति हुँ। म तिमीहरूलाई एउटा सहरबाट एक जनालाई र एउटा वंशबाट दुई जना गरेर छान्नेछु—अनि म तिमीहरूलाई सियोनमा ल्याउनेछु। Viz kapitola |