Online Bible

- Reklamy -




यर्मिया 29:23 - पवित्र बाइबल

23 ती दुवैजना अगमवक्ताहरूले इस्राएलमा खराब कामहरू गरे। तिनीहरूले आफ्ना छिमेकीकी पत्नीहरूसँग व्यभिचार गरे अनि तिनीहरूले मेरो नाउँमा झूटो बोले। म जान्दछु तिनीहरूले के गरे। म आफैं साक्षी छु।” मैले तिनीहरूलाई त्यसो गर भनेर आज्ञा दिएको छैन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

23 किनकि तिनीहरूले इस्राएलमा अति घृणित काम गरेका छन्‌। तिनीहरूले आफ्‍नै छिमेकीकी पत्‍नीसित व्‍यभिचार गरेका छन्, र मैले तिनीहरूलाई बोल्‍नू भनी नभनेका झूटा कुरा तिनीहरूले बोलेका छन्‌। यो कुरा म जान्‍दछु, र म यो कुराको साक्षी छु,” परमप्रभु भन्‍नुहुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

23 तिनीहरूको दशा यस्‍तै हुनेछ किनभने तिनीहरूले डरलाग्‍दा पापहरू गरेका छन्, तिनीहरूले आफ्‍ना छिमेकीको स्‍वास्‍नीहरूसित व्‍यभिचार र परमप्रभुको नाममा झूटा कुरा गरेका छन्। यी कामहरू परमप्रभुको इच्‍छा विरुद्ध थिए। तिनीहरूले के गरेका छन्, त्यो उहाँ जान्‍नुहुन्‍छ र तिनीहरूका विरुद्धमा उहाँ साक्षी हुनुभएको छ। परमप्रभुले यसो भन्‍नुभएको छ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 “किनकि तिनीहरूले इस्राएलमा अति घृणित पापहरू गरेका छन्; तिनीहरूले आफ्ना छिमेकीका पत्नीहरूसित व्यभिचार गरेका छन्; अनि मेरो नाममा तिनीहरूले झूटा अगमवाणीहरू गरेका छन्—जुन कुरा गर्नु भनी मैले तिनीहरूलाई आज्ञा गरेको थिइनँ। म यो कुरा जान्दछु र म नै यस कुराको गवाही हुँ,” याहवेह घोषणा गर्नुहुन्छ।

Viz kapitola kopírovat




यर्मिया 29:23

Následuj nás:

Reklamy


Reklamy