यर्मिया 29:21 - पवित्र बाइबल21 सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर कोलायाहको छोरो आहाब र मासेयाहको छोरो सिदकियाहको बारेमा भन्नुहुन्छ “यी दुइ जना मानिसहरू मेरो नाउँमा तिमीहरूकहाँ झूटो प्रचार गरिरहेका छन्। यसर्थ दुवै अगमवक्ताहरूलाई बाबेलका राजा नबूकदनेस्सरलाई म सुम्पने छु अनि उनले तिनीहरूलाई तिमीहरूकै सामुन्ने मार्नेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 कोलायाहको छोरो आहाब र मासेयाहको छोरो सिदकियाह, जसले मेरो नाउँमा झूटा अगमवाणी कहँदैछन्, तिनीहरूको विषयमा सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ: “म तिनीहरूलाई बेबिलोनको राजा नबूकदनेसरको हातमा सुम्पिदिनेछु, र त्यसले तिमीहरूकै नजरको सामुन्ने तिनीहरूलाई मार्नेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 “परमप्रभुको नाममा तिमीहरूलाई झूटो कुरा सुनाउने कोलायाहको छोरो आहाब र मासेयाहको छोरो सिदकियाहबारे सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्वरले भन्नुभएको छ। उहाँले भन्नुभएको छ कि तिनीहरूलाई उहाँले बेबिलोनको राजा नबूकदनेसरका हातमा दिनुहुनेछ र नबूकदनेसरले तिमीहरूका आँखाका सामुन्ने तिनीहरूलाई मार्नेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 मेरो नाममा झूटो अगमवाणी गर्ने कोलायाहको छोरा आहाब र मासेयाहको छोरा सिदकियाहको बारेमा सेनाहरूका याहवेह, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: “म तिनीहरूलाई बेबिलोनको राजा नबूकदनेसरको हातमा सुम्पिदिनेछु; अनि त्यसले तिनीहरूलाई तिमीहरूका आँखाकै सामु मार्नेछ।” Viz kapitola |