यर्मिया 28:11 - पवित्र बाइबल11 तब हनन्याह अरू जम्मै मानिसहरूको उपस्थितिमा जोरले कराए अनि भने, “त्यो यो हो जुन परमप्रभु भन्नुहुन्छ, ‘त्यसरी नै नबूकदनेस्सर बाबेलका राजाको जुवा म सबै जातिहरूको काँधबाट दुइ बर्ष भित्रमा भाँचि दिन्छु।’” त्यस पछि अगमवक्ता यर्मियाले परमप्रभुको मन्दिर छोडे अनि बाहिर गए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 अनि हनन्याहले सबै मानिसहरूका सामुन्ने यसो भने, “परमप्रभु यसो भन्नुहुन्छ: ‘यसरी नै यी दुई वर्ष भित्रमा म सबै जातिका काँधबाट बेबिलोनको राजा नबूकदनेसरको जुवा भाँचिदिनेछु’।” तब यर्मिया अगमवक्ताचाहिँ आफ्नो बाटो लागे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 र तिनले सबै मानिसहरूको सामुन्ने यसो भने, “यसरी नै राजा नबूकदनेसरले जाति-जातिका काँधमा लगाएका जुवा म भाँचिदिनेछु भनी परमप्रभुले भन्नुभएको छ र त्यो दुई वर्षभित्र उहाँले गर्नुहुनेछ।” त्यसपछि म बिदा भएँ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 अनि तिनले सबै मानिसहरूको सामु भने, “याहवेह यसो भन्नुहुन्छ: ‘यसै गरी म दुई वर्षभित्र सबै राष्ट्रहरूका काँधबाट बेबिलोनको राजा नबूकदनेसरको जुवा भाँचिदिनेछु।’ ” त्यसपछि अगमवक्ता यर्मियाचाहिँ आफ्नो बाटो लागे। Viz kapitola |