यर्मिया 25:9 - पवित्र बाइबल9 म उत्तरका सबै कुलहरूका मानसिहरूलाई र मेरो दास बाबेलका राजा नबूकदनेस्सरलाई ल्याउनेछु, र तिनीहरूलाई यो देश र यसका बासिन्दा र यसका चारैतिरका सबै जातिहरूको विरूद्धमा ल्याउनेछु। म ती सारा देशहरूलाई बिलकुलै ध्वंस गर्नेछु। म ती भूमिहरू सदालाई सूख्खा मरुभूमि जस्तो बनाई दिने छु अनि तिनीहरूलाई डरलाग्दो गाली र एक स्थायी अपमानको पात्रमा परिणत गर्नेछु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 म उत्तरका सबै मानिसहरूलाई र मेरो दास, बेबिलोनको राजा नबूकदनेसरलाई बोलाएर ल्याउनेछु,” परमप्रभु भन्नुहुन्छ, “र म उनीहरूलाई यो देश र यसका बासिन्दाहरू र चारैतिरका सबै जातिहरूका विरुद्धमा ल्याउनेछु। म तिनीहरूलाई पूर्ण रूपले नाश गर्नेछु, र म तिनीहरूलाई भय र घृणा र अनन्तको विनाशको पात्र बनाउनेछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 ‘उत्तरका सबै जातिहरू र मेरो सेवक बेबिलोनको राजा नबूकदनेसरलाई म बोलाउन पठाउँदै छु। यहूदा र त्यहाँका बासिन्दाहरू र छिमेकका अरू सबै जातिहरूसित लडाइँ गर्न म तिनीहरूलाई ल्याउँदै छु। यो जाति र यसका छिमेकका जातिहरूलाई म नाश गर्नेछु र ध्वस्त पारी छोडिराख्नेछु, त्यो हेर्दा एउटा डरलाग्दो र अत्याउने दृष्य हुनेछ। म परमप्रभु बोलेको छु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 म उत्तरका सबै जातिहरूलाई र मेरो सेवक बेबिलोनका राजा नबूकदनेसरलाई बोलाउनेछु,” याहवेह घोषणा गर्नुहुन्छ, “अनि म तिनीहरूलाई यो देश र यस देशका बासिन्दाहरूको विरुद्धमा र वरिपरिका सबै राष्ट्रहरूको विरुद्धमा भेला गराउनेछु। म तिनीहरूलाई सम्पूर्ण रूपले सर्वनाश गर्नेछु; म तिनीहरूलाई त्रास, हाँसो र अनन्त विनाशको पात्र बनाउनेछु। Viz kapitola |