यर्मिया 25:27 - पवित्र बाइबल27 “यर्मिया! सेनाहरूका परमप्रभु इस्राएलका परमेश्वरले के भन्नुहुन्छ, ती जातिहरूलाई भनिदेऊ यसकारण परमप्रभुले भन्नुहुन्छ, ‘पिऊ, मात, वान्त गर र लड अनि नउठ किनभने म तिमीहरूका माझमा तरवार पठाइरहेछु।’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण27 “तब तैंले उनीहरूलाई भन्, ‘सर्वशक्तिमान् परमप्रभु, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: पिओ, मात र बान्ता गर, र फेरि कहिल्यै नउठ्ने गरी लोट। मैले तिमीहरूका बीचमा पठाउने तरवारको कारणले यो हुनेछ’। Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 त्यसपछि परमप्रभुले मलाई भन्नुभयो, “ती मानिसहरूलाई भन् कि म सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्वर यो आज्ञा दिंदछु: यो कचौराबाट पिओ, मात र बान्ता गर। लडेर उठ्न नसक्ने होओ। मैले तिमीहरूका बीचमा पठाएको लडाइँको कारणले त्यसो हुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण27 “तब तिनीहरूलाई भन्, ‘सेनाहरूका याहवेह, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: पिओ, मात र बान्ता गर! अनि मैले तिमीहरूका लागि पठाउन लागेको तरवारको कारण कहिल्यै उठ्न नसक्ने गरी लोट।’ Viz kapitola |