यर्मिया 24:1 - पवित्र बाइबल1 परमप्रभुले उहाँको मन्दिर अघाडी राखिएको दुइ डालो नेभारा देखाउनु भयो। (मैले यो दर्शन यहूदाका राजा यहोयाकीमका छोरा बाबेलका राजा नबूकदनेस्सरले यरूशलेमबाट निर्वासिन गराएर लगे पछि देखेको हो। यहोयाकीन र तिनका अधिकारीहरूलाई निपुण शिल्पकार र धातुकारहरूसितै लगियो।) Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 बेबिलोनका राजा नबूकदनेसरले यहूदाका राजा यहोयाकीमका छोरा यहोयाकीन र यहूदाका अधिकारीहरू, कारीगरहरू र निपुण कलाकारहरूलाई यरूशलेमबाट निर्वासन गरेर बेबिलोनमा लगेपछि परमप्रभुका मन्दिरको सामुन्ने अञ्जीरका दुई डाला राखिएका परमप्रभुले मलाई देखाउनुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 बेबिलोनका राजा नबूकदनेसरले यहूदाका राजा यहोयाकीमका छोरा यहोयाकीन र यहूदाका अगुवा, कारिगरहरू र अरू सिपालु ज्यामीहरूलाई कैद गरी यरूशलेमबाट बेबिलोनमा लगेपछि परमप्रभुले मलाई मन्दिरको सामुन्ने राखिएका दुई डाला नेभारा दर्शनमा देखाउनुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 यहूदाका राजा यहोयाकीमको छोरा, यहोयाकीन र अधिकारीहरू, यहूदाका कारिगरहरू र शिल्पकारहरूलाई, बेबिलोनको राजा नबूकदनेसरले यरूशलेमबाट बेबिलोनको निर्वासनमा लगेपछि याहवेहले मलाई याहवेहको मन्दिरको सामु राखिएका दुई डाला नेभाराहरू देखाउनुभयो। Viz kapitola |