यर्मिया 23:38 - पवित्र बाइबल38 तर तिमीले नभन परमप्रभुबाट के भारी बोझ थियो। यदि तिमीले यो शब्द प्रयोग गर्यौ भने परमप्रभुले तिमीलाई यी शब्दहरू भन्नु हुनेछ ‘तिमीले मेरो वचनलाई परमप्रभुको भारी नभन्नु पर्थ्यो। मैले तिमीलाई यो शब्द नभन्नु भनें। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण38 यद्यपि ‘यो परमप्रभुको ईश्वरवाणी हो’ भनेर तिमीहरू दाबी गर्छौ, परमप्रभु यसो भन्नुहुन्छ: ‘यो परमप्रभुको ईश्वरवाणी हो’ भन्ने शब्दहरू तिमीहरूले प्रयोग गर्यौ, तर पनि मैले तिमीहरूलाई भनें, ‘यो परमप्रभुको ईश्वरवाणी हो’ भनेर दाबी नगर। Viz kapitolaसरल नेपाली पवित्र बाइबल38 अनि तिनीहरूले मेरा आज्ञा मानेनन् र ‘परमप्रभुको बोझ’ भन्ने वाक्य व्यवहार गरे भने तिनीहरूलाई यसो भन् कि Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण38 यद्यपि तिमीहरूले याहवेहको सन्देश यही हो भनेर दाबी गरे तापनि याहवेह यसो भन्नुहुन्छ: ‘तिमीहरूले यो याहवेहको सन्देश हो,’ भनेर दाबी नगर्नू भनेर मैले तिमीहरूलाई भने तापनि तिमीहरूले ‘यो याहवेहको सन्देश हो’ भनी दाबी गर्यौ। Viz kapitola |