यर्मिया 23:16 - पवित्र बाइबल16 सेनाहरूका परमप्रभु भन्नुहुन्छ “ती अगमवक्ताहरूका कुरामा ध्यान नदेऊ ती अगमवक्ताहरूले तिमीहरूलाई मूर्ख बनाउने कोशिश गरिरहेकाछन्। ती अगमवक्ताहरूले जुन दर्शनहरू बताइरहेका छन् ती सब तिनीहरूको आफ्नै सृष्टिहरू हुन्। तिनीहरूले ती दर्शनहरू परमप्रभुबाट प्राप्त गरेका होइनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ: “अगमवक्ताहरूका कुरा तिमीहरू नसुन, तिनीहरू झूटा आशाले तिमीहरूलाई भरिपूर्ण पार्छन्। तिनीहरू परमप्रभुको मुखबाट होइन, तर आफ्नै मनबाट दर्शनहरू बताउँछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 सर्वशक्तिमान् परमप्रभुले यरूशलेमका मानिसहरूलाई भन्नुभयो, “तिमीहरूले अगमवक्ताहरूका कुरा नसुन, तिनीहरूले तिमीहरूलाई झूटा आशा दिंदै छन्। मैले भनेको होइनँ तर आफ्ना कल्पनाका कुरा तिनीहरूले तिमीहरूलाई बताउँछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 सेनाहरूका याहवेह यसो भन्नुहुन्छ: “अगमवक्ताहरूले तिमीहरूलाई अगमवाणी गरेका कुराहरूमा ध्यान नदेओ; तिनीहरूले तिमीहरूलाई झूटो आशाले भरिदिन्छन्। तिनीहरूले याहवेहको मुखबाट होइन, तर आफ्नो मनबाट दर्शनहरू बताउँछन्। Viz kapitola |