यर्मिया 23:10 - पवित्र बाइबल10 यहूदाका भूमि यस्ता मानिसहरूले भरिएकोछ जो व्यभिचारीहरू छन्। यसर्थ परमप्रभुले यस भूमिलाई श्राप दिनुभयो। अनि खर्क मरुभूमिमा परिणत भएकोछ। अगमवक्ताहरू दुष्ट छन्। ती अगमवक्ताहरूले आफ्ना प्रभाव र शक्ति गल्ती गरी प्रयोग गर्दछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 देश व्यभिचारीहरूले भरिएको छ, सराप पाएको कारण देश सुक्खा भएको छ, मरुभूमिमा खर्क सुकेका छन्। अगमवक्ताहरू खराब चालमा चल्छन् र आफ्नो शक्ति अन्यायपूर्वक चलाउँछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 व्यभिचारीहरूले देश भरिएको छ। तिनीहरूले दुष्ट जीवन बिताउँछन् र आफ्नो शक्तिको गलत प्रयोग गर्छन्। परमप्रभुको श्रापले गर्दा देशले विलाप गर्दछ र खर्कहरू पनि सुकिगएका छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 सारा देश व्यभिचारीहरूले भरिएको छ; श्रापको कारण देशका मानिसहरू शोक गर्दैछन्; अनि उजाडस्थानका खर्कहरू सुकेका छन्। तिनीहरूका अगमवक्ताहरू दुष्ट मार्ग पछ्याउँछन्, र तिनीहरूको शक्ति अन्यायको लागि प्रयोग गर्छन्। Viz kapitola |