यर्मिया 22:10 - पवित्र बाइबल10 मरेको राजाको लागि नरूनु। उसको लागि विलाप नगर्नु, बरू त्यो राजाको लागि रूनु जसले यो ठाउँ नै छोड्न बाध्य भएको छ। उसको निम्ति रूनु किनभने ऊ कहिल्यै फर्की आउने छैन्। ऊ आफ्नो स्वदेश फेरि देख्ने छैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 मरिगएका राजाको निम्ति नरोओ, अथवा तिनको लागि विलाप नगर। बरु कैदमा लगेको मानिसको लागि धुरुधुरु रोओ, किनभने त्यो कहिल्यै फर्कनेछैन, न त त्यसले स्वदेश देख्नेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 हे यहूदाका बासिन्दाहरू हो, योशियाह राजाको निम्ति नरोओ र तिनको मृत्युमा शोक नगर। तर तिनको छोरो यहोआहाजको निम्ति धुरुधुरु रोओ। त्यो कैदी भई जाँदै छ र कहिल्यै फर्केर आउनेछैन। त्यसले फेरि कहिल्यै आफ्नो जन्मभूमि देख्न पाउनेछैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 मरिगएको राजाको निम्ति अथवा गइसकेका निम्ति शोक नगर; बरु निर्वासनमा लगिएकाहरूका निम्ति विलाप गर; किनकि त्यो फेरि फर्केर कहिल्यै आउनेछैन, न त त्यसले आफ्नो जन्मभूमि फेरि देख्नेछ। Viz kapitola |