यर्मिया 21:4 - पवित्र बाइबल4 ‘यही नै परमेश्वर, इस्राएलका परमप्रभुले भन्नुहुन्छ: तिमीहरूसँग युद्धका हतियारहरू छन्। तिमीहरूले ती हतियारहरू आफू स्वंयलाई बचाउन बाबेलका राजा र बाबेलवासीहरू विरूद्ध चलाइरहेछौ। तर म ती हतियारहरू तिनीहरू कै विरूद्धमा चलाउनेछु। “‘बाबेलका सैन्य शहर वरिपरिका पर्खालहरू बाहिर छन्। त्यो सैन्य शहर वरिपरि छ। म चाँडै त्यो सैन्य यरूशलेमभित्र ल्याउनेछु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 “तिमीहरूले सिदकियाहलाई भन, ‘परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: लड़ाइँका जुन हतियारहरू तिमीहरूका हातमा छन्, र पर्खालका बाहिर तिमीहरूलाई घेर्ने बेबिलोनीहरू र बेबिलोनको राजाको विरुद्धमा जुन हतियारले तिमीहरू लड़ाइँ गर्छौ, ती म तिमीहरूकै विरुद्धमा चलाउनेछु। ती जम्मा गरेर म यस सहरभित्र ल्याउनेछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 “परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ, ‘पर्खाल बाहिर तँलाई घेरिरहेका बेबिलोनका राजा र सेनाहरूको विरुद्ध लड्न तेरो हातमा भएको हात-हतियार तेरै विरुद्धमा फर्काउनेछु। म तिनीहरूलाई सहरभित्र भेला गराउनेछु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 ‘याहवेह इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: तिमीहरूका हातमा जुन हतियारहरू छन्, जसद्वारा पर्खालबाहिर तिमीहरूलाई घेरा हाल्ने बेबिलोनको राजा र बेबिलोनीहरूको विरुद्धमा तिमीहरू लडाइँ लड्छौ, ती हतियारहरूलाई तिमीहरूकै विरुद्धमा म फर्काउन लागेको छु। अब म तिनीहरूलाई यस सहरभित्र भेला गराउनेछु। Viz kapitola |