Online Bible

- Reklamy -




यर्मिया 20:11 - पवित्र बाइबल

11 तर परमप्रभु मसँग बलियो सिपाही जस्तो हुनुहुन्छ। यसकारण मानिसहरू, जो मेरो पछि लागेकाछन्, तिनीहरू लट्पटिनेछन्, अनि मलाई जित्नु सक्ने छैनन्। तिनीहरू हारको सम्मुख हुनु पर्नेछ, लज्जित हुनेछन् र यो कहिल्यै भुलिनेछैन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 तर परमप्रभु एक शक्तिशाली योद्धाझैँ मसित हुनुहुन्‍छ, यसैले मलाई सताउनेहरू ठेस खाएर लोट्‌नेछन्‌। तिनीहरू ममाथि विजयी हुनेछैनन्‌। तिनीहरू सफल हुनेछैनन्, र तिनीहरू साह्रै लाजमा पर्नेछन्‌। तिनीहरूको अनादर कहिल्‍यै बिर्सिइनेछैन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 तर, हे परमप्रभु, बलिया र सामर्थी प्रभु, तपाईं मेरो पक्षमा हुनुहुन्‍छ र मलाई सताउनेहरू लोट्‍नेछन्। तिनीहरू सधैँभरि लाजमा पर्नेछन् किनभने तिनीहरू सफल हुन सक्‍दैनन् र उनीहरूको लाज कहिल्‍यै बिर्सिनेछैन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 तर याहवेह मसँग एक शक्तिशाली योद्धाझैँ हुनुहुन्छ; यसकारण मलाई सताउनेहरूले ठेस खाएर लड्नेछन्। तिनीहरू असफल हुनेछन् र अति लाजमा पर्नेछन्; तिनीहरूका अपमान कहिल्यै पनि बिर्सिइनेछैन।

Viz kapitola kopírovat




यर्मिया 20:11

Následuj nás:

Reklamy


Reklamy