यर्मिया 2:8 - पवित्र बाइबल8 “पूजाहारीहरूले सोधेनन्, ‘परमप्रभु कहाँ हुनुहुन्छ?’ मानिसहरू जसले व्यवस्था जान्दछन्, मलाई जान्न चाहेनन्। इस्राएलका मानिसहरूका शासकहरू मेरो विरूद्ध खडा भए। अगमवक्ताहरूले झूटा देवता बालको नाउँमा अगमवाणी गरे। तिनीहरूले महत्वहीन मूर्तिहरूलाई दण्डवत गरे।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 ‘परमप्रभु कहाँ हुनुहुन्छ?’ पूजाहारीहरूले भनेनन्। व्यवस्था सिकाउनेहरूले मलाई चिनेनन्, शासकहरू मेरा विरुद्धमा बागी भए। अगमवक्ताहरूले बाल देवताको नाउँमा अगमवाणी बोले, र व्यर्थैका मूर्तिहरूका पछि लागे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 पूजाहारीहरूले ‘परमप्रभु कहाँ हुनुहुन्छ’ भनेर पनि सोधेनन्? व्यवस्था सिकाउनेहरू आफैंले पनि मलाई चिनेनन्। शासकहरूले पनि मसित विद्रोह गरे। अगमवक्ताहरूले चाहिँ बाल-देवताका नाममा अगमवाणी बोले र काम नलाग्ने मूर्तिहरूको पूजा गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 पुजारीहरूले, ‘याहवेह कहाँ हुनुहुन्छ?’ भनी सोधेनन्; व्यवस्थाका काम गर्नेहरूले मलाई चिनेनन्; अगुवाहरूले मेरो विरुद्धमा विद्रोह गरे। काम नलाग्ने मूर्तिहरूका पछि लागेर, अगमवक्ताहरूले बाल-देवताको नाममा अगमवाणी गरे। Viz kapitola |