यर्मिया 19:15 - पवित्र बाइबल15 “यो सेनाहरूका परमप्रभु इस्राएलका परमेश्वरले भन्नुभएको हो ‘म यरूशलेममा र यसको वरिपरिका गाउँहरूमा धेरै प्रकारका नराम्रा कुराहरू घटाउनेछु। यो हुने छ, किनभने तिनीहरू मेरो आदेशहरू पालन गर्न एकदमै अट्टेरी गर्छन्। म चाँडै ती कुराहरू घटाउने छु।’” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 “सर्वशक्तिमान् परमप्रभु, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: ‘ध्यानसित सुन। म यस सहरमा र यसका चारैतिरका गाउँहरूका विरुद्धमा मैले भनेका सबै सर्वनाश ल्याउनेछु, किनभने तिनीहरू ढीट भएर बसे, र मेरा वचन तिनीहरूले ध्यानसित सुनेनन्’।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 इस्राएलका परमेश्वर सर्वशक्तिमान् परमप्रभुले भन्नुभएको यो कुरा मैले भनें, “म यस सहर र छेउ-छाउका हरेक स-साना सहरमाथि आफूले भनेका सबै दण्ड ल्याउनेछु किनभने तिमीहरू ढिट छौ र मेरा वचन सुन्दैनौ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 “सेनाहरूका याहवेह, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: ‘सुन! म यो सहर र यसका चारैतिरका गाउँहरूमा मैले तिनीहरूको विरुद्धमा घोषणा गरेको हरेक विपत्ति ल्याउन लागेको छु; किनकि तिनीहरू ढीट भएका छन् र मेरो वचन पालन गरेका छैनन्।’ ” Viz kapitola |