यर्मिया 18:22 - पवित्र बाइबल22 जब हटात तिमी तिनीहरूका विरूद्ध शत्रुहरू ल्याउँछौ तिनीहरूको घरमा ठूलो चित्कार होस्। यी आपदहरू आइलागुन् किनभने तिनीहरूले मलाई फँसाउन खाडल खने, अनि मेरो खुट्टा समात्न पासो थापे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 तपाईंले तिनीहरूमाथि एक्कासि आक्रमण गर्नेहरू ल्याउनुहुँदा तिनीहरूका घरहरूदेखि रुवाबासीको सोर सुनिओस्। किनकि तिनीहरूले मलाई पक्रनका लागि खाड़ल खनेका छन्, र मेरा खुट्टाका लागि पासो लुकाएर थापेका छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 एक हुल मानिसहरूलाई एक्कासि तिनीहरूका घर लुट्न पठाउनुहोस् र तिनीहरू डरले चिच्च्याऊन्। तिनीहरूले मलाई मार्न खाडल खनेका छन् र मलाई फसाउन पासो थापेका छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 जब तपाईंले तिनीहरूको विरुद्धमा अचानक आक्रमण गर्नेहरू ल्याउनुहुन्छ, तिनीहरूका घरहरूबाट चीत्कारको सोर सुनियोस्; किनकि तिनीहरूले मलाई फसाउन एउटा खाडल खनेका छन्; अनि मेरा खुट्टाहरूका निम्ति पासो थापेका छन्। Viz kapitola |