यर्मिया 17:26 - पवित्र बाइबल26 यहूदाका शहरहरूबाट मानिसहरू यरूशलेम आउनेछन्। यरूशलेम वरिपरिका स-साना गाऊँहरूबाट मानिसहरू यरूशलेम आउनेछन्। मानिसहरू बिन्यामीन परिवारहरूको जमीनबाट राफेलको पहाडीदेशबाट अनि नेगेबबाट आउनेछन्। ती मानिसहरूले होमबलि, मेलबलि, अन्नबलि, धूप र धन्यवादको बलिहरू परमप्रभुको मन्दिरमा ल्याउनेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण26 यहूदाका नगरहरूबाट र यरूशलेमका चारैतिरका गाउँहरूबाट, बेन्यामीनको इलाकाबाट, तराईबाट, पहाड़ी देशबाट र नेगेवबाट होमबलि, बलिदानहरू, अन्नबलि र धूप र धन्यवादका बलिहरू लिएर मानिसहरू परमप्रभुको भवनमा आउनेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 यहूदाका सहरहरूबाट, यरूशलेमका छेउ-छेउका गाउँहरूबाट मानिसहरू आउनेछन्। तिनीहरू बेन्यामीनका इलाकाबाट, बेसीहरूबाट अनि पहाडहरू र दक्षिणी यहूदाबाट आउनेछन्। तिनीहरूले मेरो मन्दिरमा होमबलि र अरू बलिदानहरू, अन्नबलि र धूप अनि धन्यवादका बलिहरू ल्याउनेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण26 मानिसहरू यहूदाका सहरहरूबाट र यरूशलेमका वरिपरिका गाउँहरूबाट, बेन्यामीनका प्रान्तहरू र पश्चिमी तराई बेँसीहरूबाट, पहाडी मुलुक र दक्षिणबाट होमबलि र बलिदानहरू, अन्नबलिहरू, धूप र धन्यवादका भेटीहरू लिएर याहवेहको भवनमा आउनेछन्। Viz kapitola |