यर्मिया 15:19 - पवित्र बाइबल19 तब परमप्रभुले भन्नुभयो, “यर्मिया, यदि तिमी फर्कियौ भने, म तिमीलाई लिनेछु र तिमीले मेरो सेवा गर्नेछौ। यदि तिमीले महत्वपूर्ण कुराहरू गर्यौ, अनि महत्वहीन शब्दहरू बोलेनौ भने, तिमी मेरा प्रवक्ता हुन सक्छौ। यर्मिया! यहूदाका मानिसहरू बद्लिनु पर्छ अनि तिमीकहाँ आउँनु पर्छ तर तिमी तिनीहरूकहाँ जानु हुँदैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 यसैकारण परमप्रभु यसो भन्नुहुन्छ: “यदि तैंले पश्चात्ताप गरिस् भने, म तँलाई फेरि स्थापित गर्नेछु, कि तैंले मेरो सेवा गर्न सकोस्। यदि तैंले चाहिँदो कुरा बोलिस् र व्यर्थका कुरा गरिनस् भने, तँ मेरो वक्ता हुनेछस्। यी मानिसहरू तँतिर फर्कून्, तर तँचाहिँ तिनीहरूतिर नजानू। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 परमप्रभुले जवाफ दिनुभयो, “तँ फर्किआइस् भने म तँलाई फेरि ग्रहण गर्नेछु र तँ फेरि मेरो सेवक बन्नेछस्। व्यर्थका कुरा गर्नुको सट्टामा तैँले अर्थ लाग्ने कुरा गरिस् भने तँ फेरि मेरो अगमवक्ता हुनेछस्। मानिसहरू तँतिर फर्किआओस् तर तँ तिनीहरूकहाँ नजा। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 यसकारण याहवेह यसो भन्नुहुन्छ: “यदि तैँले पश्चात्ताप गरिस् भने म तँलाई पुनर्स्थापित गर्नेछु, र तँ मेरो सेवक बन्नेछस्; यदि तैँले व्यर्थको कुरा नगरेर मूल्यवान् कुराहरू मात्र बोलिस् भने, तँ मेरो अगमवक्ता हुनेछस्। यी मानिसहरू तँतिर फर्कून्, तर तँचाहिँ तिनीहरूतिर नफर्कनू। Viz kapitola |