यर्मिया 14:17 - पवित्र बाइबल17 “तिनीहरूमा यी वचनहरू घोषणा गर: ‘मेरा आँखाहरू आँसुले भरिएका छन्। रात दिन मेरा आँशु बगिरहन्छन्। म मेरा मानिसहरूको महा-ध्वंस, र तिनीहरूको गहिरो चोटहरूको लागि लगातार रात-दिन रोइरहेको छु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 “तैंले तिनीहरूलाई यो कुरा भन्: मेरा आँखाबाट दिनरात आँसु बगिरहोस्। त्यो बग्न नथामिओस्, किनकि मेरो प्रजा, मेरी कन्ये-छोरीले साह्रै चोट पाएकी छ, ठूलो चोट पार्ने चुटाइ त्यसले पाएकी छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 परमप्रभुले मलाई मेरो शोकबारे मानिसहरूलाई यसो भन्ने आज्ञा गर्नुभयो, “मेरा आँखाबाट दिनरात आँसु बगिरहोस्। त्यो कहिल्यै नथामियोस् किनभने मेरा प्रजालाई गहिरो चोट लागेको छ र तिनीहरूलाई ठूलो चोट परेको छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 “तैँले तिनीहरूलाई यो वचन भन्नू: “ ‘मेरा आँखाबाट आँसुको धारा नथामियोस् र मेरो आँसु दिनरात बगिरहोस्; किनकि मेरो जातिको कुमारी छोरीलाई, गहिरो चोट लागेको छ, र ठूलो चोट लाग्ने प्रहार भएको छ। Viz kapitola |