यर्मिया 1:16 - पवित्र बाइबल16 अनि म मेरा मानिसहरूका विरूद्ध न्यायको घोषणा गर्नेछु। म यसो गर्ने नै छु किनभने तिनीहरू दुष्ट मानिसहरू हुन्। तिनीहरू मेरो विरोधी भएका छन्। मेरा मानिसहरूले मलाई छाडे। तिनीहरूले अन्य देवताहरूलाई बलि चढाए। तिनीहरूले आफ्नै हातले बनाएका मूर्तिहरूलाई दण्डवत् गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 मलाई त्यागेर तिनीहरूले गरेका सबै दुष्टताको कारणले गर्दा तिनीहरूका विरुद्धमा म मेरो न्यायको फैसला सुनाउनेछु। तिनीहरूले पराई देवताहरूका निम्ति धूप बाले, र आफ्नै हातले बनाएका कुराहरूलाई दण्डवत् गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 म आफ्नो प्रजालाई दण्ड दिनेछु किनभने तिनीहरूले पाप गरेका छन्, मलाई त्यागेका छन्, अरू देवी-देवताहरूलाई धूप बालेका छन् र मूर्तिहरू बनाएर तिनीहरूको पूजा गरेका छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 म आफ्ना जातिहरूमाथि आफ्नो न्यायको घोषणा गर्नेछु; किनकि तिनीहरूले मलाई त्यागेर दुष्टता गरेका छन्; अनि आफ्नै हातले बनाएका अरू देवी-देवताहरूका अगि धूप बालेर पूजा गरेका छन्। Viz kapitola |