न्यायकर्ता 9:44 - पवित्र बाइबल44 अबीमेलेक अनि उसका समूह शकेमको फाटक नजिकको स्थान तिर दगुरे। अन्य दुइ समूहहरू खेतमा भएका मानिसहरू तिर दगुरे अनि तिनीहरूलाई मारिदिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण44 अबीमेलेक र तिनीसँग भएको दल चाँड़ो गरी अगाड़ि बढ़े र सहरको मूल ढोकाको पस्ने ठाउँमा लड्नलाई तयारी भए। तब अरू दुई दलचाहिँ आएर खुला ठाउँमा भएकाहरूमाथि जाइलागे, र तिनीहरूलाई मारे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल44 अबीमेलेक र उनको दल सहरको मूल-ढोकातिर बढे र त्यहाँ पहरा दिन लागे। अरू दुई दलले ती मानिसहरूमाथि आक्रमण गरे र तिनीहरूलाई संहार गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण44 अबीमेलेक र तिनीसित भएका दलहरू दौडेर गए, र सहरको मूलढोकाको प्रवेशद्वारमा मोर्चा बाँधे। तब दुई दलहरू खेतमा हुनेहरूमाथि जाइलागे, र तिनीहरूलाई प्रहार गरे। Viz kapitola |