न्यायकर्ता 9:43 - पवित्र बाइबल43 यसर्थ अबीमेलेकले आफ्ना मानिसहरूलाई तीन समूहमा छुट्याए। तिनीले शकेमका मानिसहरूलाई अचानक आक्रमण गर्न चाहन्थे। यसर्थ तिनले आफ्ना मानिसहरूलाई खेतमा लुकाए। जब उसले मानिसहरूलाई शहर बाहिर निस्केको देखे तिनले उफ्रिएर तिनीहरू माथि आक्रमण गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण43 यसैले तिनले चाहिँ आफ्ना मानिसहरूलाई ल्याएर तिनीहरूका तीन दल बनाए, र सहरबाहिर खुला ठाउँमा ढुकिबसे। जब तिनले मानिसहरूलाई सहरबाट निस्कँदैआएका देखे, तब उठेर तिनले तिनीहरूमाथि आक्रमण गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल43 उनले आफ्ना मानिसहरूलाई तीन दलमा बाँडे र खेतबारीमा गई लुकेर तिनीहरूलाई पर्खिरहे। मानिसहरू सहरबाट निस्केर आएको देखेर उनी आफू लुकेको ठाउँबाट निस्केर तिनीहरूलाई मार्न अघि बढे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण43 यसकारण तिनले आफ्ना मानिसहरूलाई लिए। अनि तिनीहरूलाई तीन दलमा भाग गरे, र खेतहरूमा ढुकिबसे। तिनले मानिसहरूलाई सहरदेखि बाहिर आइरहेको देखेपछि तिनी उनीहरूलाई आक्रमण गर्नलाई खडा भए। Viz kapitola |