न्यायकर्ता 9:38 - पवित्र बाइबल38 जबूलले गाललाई भने, “तिमी अहिले किन धाक नलाएको? तिमी, ‘अबीमेलेक को हो? हामीले किन तिनको आज्ञा पालन गर्नुं’ भन्यौ। तिमीले ती मानिसहरूको खिल्ली उडायौ। अब जाऊ, अनि तिनीहरूसित युद्ध गर।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण38 तब जबूलले उनलाई भने, “अब खोइ तिम्रा साहसी कुराहरू? तिमी भन्थ्यौ, ‘अबीमेलेक को हो र हामी त्यसको प्रजा हुने?’ के यी तिनै मानिसहरू होइनन्, जुनलाई तिमी तुच्छ ठान्थ्यौ? जाऊ, गएर तिनीसँग लड़ाइँ गर।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल38 तब जबूलले उसलाई भन्यो, “तिम्रा ठूला-ठूला कुरा खोई? तिमीले सोध्दै थियौ, किन हामीले यी अबीमेलेकको चाकरी गर्नु? तिमी यी मानिसहरूको हाँसो उडाउँदै थियौ। अब गएर तिनीहरूसँग लडाइँ गर।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण38 तब जबूलले तिनलाई भने, “तिम्रा ठूला-ठूला कुरा खै? ‘तिमीले अबीमेलेक को हो, र हामी त्यसको अधीनमा बस्ने? भनेर भन्थ्यौ।’ के तिमीले तुच्छ ठानेका मानिसहरू यिनै होइनन्? अब बाहिर गएर तिनीहरूसित लडाइँ गर!” Viz kapitola |