न्यायकर्ता 8:27 - पवित्र बाइबल27 गिदोनले त्यो सुन एउटा एपोद निर्माण गर्नमा प्रयोग गरे। तिनले त्यो एपोदलाई ओप्रा नाउँको शहर-तिनको निवास शहरमा राखे। इस्राएलका समस्त मानिसहरूले त्यो एपोदलाई पूजा गरे। यस प्रकारले इस्राएलका मानिसहरू परमेश्वर प्रति विश्वसनीय रहेनन्-तिनीहरूले एपोद पूजे। एपोद एक पासो बन्यो जसले गिदोन अनि तिनका घरानालाई पापगर्न लगायो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण27 ती सुनबाट गिदोनले एउटा एपोद बनाए र आफ्नै सहर ओप्रामा त्यो राखे। सबै इस्राएलीहरूले त्यसको पूजा गरी आफैलाई वेश्यासमान बनाए, र त्यो गिदोन र तिनका घरानालाई फसाउने एउटा फन्दा भयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 गिदोनले त्यो सुनबाट एउटा मूर्ति बनाए र आफ्नो सहर ओप्रामा राखे। सबै इस्राएलीहरूले परमेश्वरलाई त्यागेर त्यहाँ गई मूर्तिलाई पूजा गर्थे। त्यो गिदोन र उनका परिवारको लागि एउटा पासो बन्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण27 अनि गिदोनले ती सुनबाट एउटा एपोद बनाए, र त्यसलाई उनले आफ्नो सहर ओप्रामा राखे। सारा इस्राएलले त्यसलाई पुजेर त्यहाँ वेश्यासँग झैँ व्यभिचार गरे। अनि त्योचाहिँ गिदोन र तिनको परिवारका निम्ति एउटा पासो बन्यो। Viz kapitola |