न्यायकर्ता 8:21 - पवित्र बाइबल21 तब जेबह अनि सल्मुन्नाले गिदोनलाई भने, “अघि आऊ अनि तिमी स्वयं हामीलाई मार। तिमी एक मानिस हौ अनि यो काम गर्न बलियो छौ।” यसर्थ गिदोन उठे जेबह र सल्मुन्नालाई मारिदिए। त्यसपछि गिदोनले जून जस्तो आकृतिको सजावट तिनीहरूका ऊँटका गलाबाट निकालिदिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 यसैले जेबह र सल्मुन्नाले भने, “तपाईं आफै उठेर हामीलाई मार्नुहोस्, किनभने तपाईंमा पुरुषको बल छ।” तब गिदोन उठेर दुवैलाई मारे, र उनीहरूका ऊँटका घाँटीमा भएका चन्द्रहारहरू फुकालेर लगे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 तब जेबह र सल्मुन्नाले गिदोनलाई भने, “तिमी आफैं आएर हामीलाई मार। गर्वको काम गर्नेलाई गर्वको जरुरी हुन्छ।” यसकारण गिदोनले ती दुईलाई मारे अनि तिनीहरूका ऊँटका घिच्रामा भएका गरगहना फुकाली लगे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 तब जेबह र सल्मुन्नाले भने, “तपाईं आफैँ आएर यो गर्नुहोस्, ‘मानिसजस्तो छ, त्यसको बल पनि त्यस्तै हुन्छ।’ ” यसकारण गिदोनले अगि सरेर तिनीहरूलाई मारे, र तिनीहरूका ऊँटका घाँटीबाट गहनाहरू निकालेर लगे। Viz kapitola |